पत्रकार सम्मेलनबाट बाहिरिदै गर्दा विप्लवको विद्यार्थी सङ्गठनका अध्यक्ष ढकाल काठ्माण्डौमै पक्राउ



बैशाख २७, काठ्माण्डौ-

प्रहरिले विप्लव नेतृत्वको विद्यार्थी सङ्गठनका अध्यक्षा चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ ।

ढकाल शुक्रबार अनामनगरबाट पक्राउ परेकाअ हुन । ११ विद्यार्थी संगठनले अनामनगरको युनियन हाउसमा गरेको पत्रकार सम्मेलनबाटैउनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका ढकाल अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् । पत्रकार सम्मेलन चलिरहँदा ढकाल रहेको जानकारी पाएपछि प्रहरीले कार्यक्रमस्थल घेराबन्दी गरेको थियो ।

पत्रकारसम्मेलन सकेर ढकालबाहिर निक्लने वित्तिकै उनलाई पक्राउ गरिएको हो ।

११ विद्यार्थी संगठनले सरकार बिरुद्द आन्दोलन गर्ने तयारी गरी रहेका छन ।

प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार  ७ : ४८ बजे