काठमाडौं वैशाख, २९–
सरकारले प्रेस स्वतन्त्रताको ठाडो उलङ्घन हुने गरी ल्याएको मिडिया काउन्सिल विधेयकलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कलमको शिरमाथि पञ्चायती तरबार भएको संज्ञा दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्विटरबाट प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले विधेयकलाई कलमको शिरमाथि पञ्चायती तरबार भएको बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा पन्चायती भुत कि शास्त्रीय भड्काव भन्ने प्रश्न गर्दै तरबार सुनको या पित्तलको जे भएपनि गर्धनलाई उत्तिकै चोट पुग्ने प्रवक्ता शर्माले आफ्नो ट्विटरमा उल्लेख गरेका छन ।
प्रबक्ता शर्माअको ट्विटरबाट
कलमको शिरमाथी माथी पन्चायती तरबार…
अर्थात मिडिया काउन्सिल सम्बन्धि विधेयक !@PM_Nepal सिंहदरबारमा पन्चायती भुत कि शास्त्रीय भड्काव ?तरबार सुनको होस् या पित्तलको गर्धनलाई चोट उस्तै हुन्छ कमरेड !!
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 11, 2019