मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनलाई उछिन्दै जापानले संसारकै छिटो चल्ने रेल सञ्चालन गर्ने



काठ्माण्डौ,एजेन्सि-

जापानले बिश्वकै सबैभन्दा छिटो गतिमा चल्ने बुलेट ट्रेनको परिक्षण शुरु शुरु गर्न लागेको समाचारहरुमा जनाइएको छ। जापानमा सञ्चालनमा रहेको  बुलेट ट्रेनको  नयाँ भर्सन एएलएफए -एक्स ले ४०० किलोमीटर प्रति घंटाको दुरी तय गर्न सक्ने अन्तर्‍आष्टृय सञ्चारमाध्यमहरुमा जनाइएको छ ।

यो रेलको गती ३६० किलोमीटर प्रति घंटा हुनेछ भने छिटै बिश्वकै सबै भन्दा तिब्र गतिको रेल सेवा बन्ने छ । यो रेल पुर्ण रुपमा सञ्चालनमा आए पछी चीनमा सञ्चालनमा रहेको तिब्र गतिकोको फुक्सिंग रेल भन्दा १० किलोमीटर बढी गतिमा दौडिने छ ।

यो रेलको परिक्षण आगामी हप्ता भित्रैमा २ दिन सम्म जपानको सेनडाई र ओमोरी रेल स्टेसनको बिचमा गरिने छ । सेनडाई र ओमोरी शहरको दूरी २८० किलोमीटर रहेको छ । जापानमा सञ्चालनमा रहेको बुलेट ट्रेनको  नयाँ संस्करणको रुपमा यसलाई बिकाश गरिएको समाचारहरुमा बताइएको छ ।

सन २०३० सम्ममा यो रेल सेवाको ब्यबसायिक शुरुवात गरिने बताइएको छ ।

जापानका सबै मुख्य शहरहरुलाई यो रेल सेवाले जोडने उद्देश्यका साथ यसको परिक्षण गर्न लागिएको बताइएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : १३ बजे