एभिन्युज टेलिभिजनको कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड



काठमाडौं वैशाख, ३०–
वीरगञ्जमा रहेको एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड गरिएको छ । सोमबार दिउँसो कर्मचारीहरूले काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेको टेलिभिजनले जनाएको छ ।

एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठका अनुसार उनीहरुले सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिएका छन् । उनीहरू को हुन् र किन आएर तोडफोड गरे केही जानकारी नगराएको उनको भनाइ छ ।

आइतबार राति उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता प्रसारण भएको थियो । अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए । प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार  ८ : ५८ बजे