स्वतन्त्र प्रेस बिरोधी विधेयकविरुद्ध अमेरिकी राजदूत बेरीले जनाए यस्तो प्रतिकृया



बैशाख ३०, काठ्माण्डौ-

प्रेस स्वतन्त्रता हनन हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकविरुद्ध अन्तर्‍आष्ट्रीय  क्षेत्र बाट पनि चासो ब्यक्त हुन थालेको छ ।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेपाल सरकारले संसदमा दर्ता गरेकोमिडिया काउन्सिल विधेयकप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सञ्जाल ट्विटरमा प्रेस स्वतन्त्रताको  सम्मान र समर्थन गर्दछु भनेका छन ।

सोमबार ट्वीटरमा लेख्दै उनले नेपालका विभिन्न राजनीतिक दलका नेताहरुले आफूसँग भएको भेटमा प्रजातान्त्रिक स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता रहेको बताउने गरेको प्रसंग उल्लेख गर्दै उनले उनले ‘प्रेस स्वतन्त्रता प्रजातन्त्रको एउटा मौलिक पक्ष भएकोले सूचनाको हकलाई कुन्ठित गर्ने कुनै पनि कार्य, कानुन र नियमनप्रति चासो राख्दछु’ भनेका छन ।

अमेरिकी राजदूत रेन्डी बेरीको ट्विटर बाट-

प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार  २ : १० बजे