बैशाख ३०,काठ्माण्डौ-
एभिन्यूज टेलिभिजनको बिरगञ्ज स्थित कार्यालयमा भएको तोडफोडप्रति नेपाली कांग्रेसले बिज्ञप्ती निकालेर पार्टिको ध्यानाकार्षण भएको जनाउदै विरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन सरकारसगा माग गरेको छ ।
पछिल्लो समय सञ्चार क्षेत्र र सञ्चारकर्मी माथी सरकार र अन्यत्रबाट चुनौती थपिदै गएको उल्लेख गर्दै बिज्ञप्तीमा वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेस प्रति प्रताडना बढ्दै गएको र प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् भनिएको छ ।
पार्टी प्रबक्ता बिश्व प्रकाश शर्माद्वारा जारी गरिएको बिज्ञप्तिमा विरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।