ओली सरकारको बिरोध अब जनस्तरबाट : कांग्रेस नेता प्रदिप पौडेल



जेठ १,  धादिङ-

कांग्रेस नेता प्रदिप पौडेलले नेकपा सरकारको गलत रबैयालाई नेपाली काग्रेसको पछिल्लो रास्ट्रिय कार्यक्रम र अबधारणा जनस्तर सम्म बुझाउनु पर्नेमा जोड दिएका छन । ओली सरकारविरुद्ध खबरदारी र नेपाली कांग्रेस पार्टीको संगठन सुदृढीकरणका लागि ‘हिमाल, पहाड, तराई-मधेस अन्तर्गत नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’अन्तर्गत धादिङको भएको एक दिने प्रशिक्षण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन ।

नेता पौडेलले सरकारका कृयाकलाप जनबिरोधी भएको र सरकारका जनबिरोधी गतिबिधिले सिमा नाघ्न थालेकोले अब जनस्तर बाटै सरकारी रबैयाको बिरुद्द आवाज उठाइनुपर्ने नेता पौडेलाले बताए ।

कायक्रममा नेपाली काँग्रेस धादिङले स्थानीय निकायसम्म खटाएका प्रतिनिधिहरु, जिल्ला स्थरका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।नेपाली काग्रेस जिल्ला पाटीकार्यलय जिला सदरमुकाम धादिङबेशिमा सम्मपन्न भएको हो।

प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार  ११ : ५१ बजे