सीके राउतसँग असन्तुष्ट जासर यादव समूह र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकता घोषणा



जनकपुर जेठ, २–
सीके राउत नेतृत्वको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग सम्झौता गरेपछि असन्तुष्ट रहेको पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ ।

गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादव र मोर्चाका अध्यक्ष डा. मुक्तिले बिहीबार एकीकरण भएको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने समेत बताएका छन् ।
मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता गरेको उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामि जेठ २० गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने उनीहरुको तयारी रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार  ५ : ४८ बजे