बुटवल जेठ, २–
प्रहरीले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा दुईजना पक्राउ परेका छन् । बुटवल प्रहरीले शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई पक्राउ गरेको हो ।
गत वैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्ट पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवल प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् । केसीको जीवन रक्षा गर्न र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ ।
बुटवलमा पत्रकार सम्मेलन गर्दै शाहीका श्रीमती शक्ति क्षेत्रीले स्वास्थ्य अवस्था नाजुक हुन सक्ने बताउदै गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिईन । सर्वोच्च अदालतले भने दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।
शाही युवा शक्ति नेपालले भने दुबैलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।