प्रधानमन्त्रीले जे गर्न पनि मिल्ने, उनको गलत कामको बारेमा किन लेख्न नमिल्ने ?: कांग्रेस नेता गगन थापा



जाजरकोट जेठ, २–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले जे गर्न पनि मिल्ने, उनको गलत कामको बारेमा पत्रकारले लेख्न नमिल्ने कुरा लोकतान्त्रीक मुल्य मान्यता बिरुद्द भएको बताएका छन कांग्रेस नेता गगन थापा
बुधबार जाजरकोटको छेडागाड नगरपालिकाको थलह वजारमा आयोजित आमसभा मा बोल्दै नेता थापाले यस्तो ब ताएका हुन ।
नेता थापाले संसदमा थोरै संख्या भयो भनेर सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र अरुले कांग्रेसलाई कमजोर भनेर आलोचना गर्ने गरेको बताए ।  आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका थापाले कांग्रेस कमजोर नभएर जिम्मेवार भएको बताएका हुन् । ‘कांग्रेस राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको हो’ उनले भने, कांग्रेस कमजोर भएको हैन गणतन्त्र, संविधान कार्यान्वयन र राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको हो ।’
कांग्रेस सांसद समेत रहेका थापाले जनताको त्याग वलिदान र संघर्षले प्राप्त गरेको गणतन्त्रको सँस्थागत विकास र लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि संख्या जे सुकै भएपनि कांग्रेस जिम्मेवार प्रतिपक्षको सशक्त भुमिकामा रहेको प्रष्ट पारे ।
सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको र यसका विरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरु जाग्नु पर्ने नेता थापाको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्रीले दुनियालाई जिस्काउन मिल्ने तर एउटा नागरिक र पत्रकारले उनको गलत कामको विरोधमा लेख्न र वोल्न नपाउने व्यवस्था लोकतान्त्रिक होइन । दुई तिहाइको दम्भमा सरकार निरंकुश र अलोकतान्त्रिक हर्कत देखाउन उद्दत रहेको छ ।’

नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्वर २ को क्षेत्रिय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले जनताको प्रतिनिधिको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीका केहि कामहरुले गणतन्त्रप्रति नै जनताले नकरात्मक धारणा वनाउन थालेको बताए ।

उनले भने, ‘शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग हुनुले गणतान्त्रिक शासन व्यवस्था प्रति नै जनतामा आक्रोश पैदा गराउन थालेको छ ।’

प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार  ८ : ३५ बजे