भारतको निर्बाचन आयोगले पक्षपात गर्न थालेको मुख्यमंत्री बनर्जीको आरोप



जेठ २, काठ्माण्डौ-

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमंत्री ममता बनर्जीले भारतको निर्बाचन आयोग निश्पक्ष नभएको आरोप लगाएकी छन ।

मथुरापुरमा भएको चुनावी शभालाई समबोधन गर्दै बनर्जिले भारतको निर्बाचन आयोगलाई भाजपाको भाइ भनेर टिप्पणी गर्दै आफुलाई एस्तो बोल्नु पर्दा दुख लागेको तर आफु आवाश्यक परे जेल जान तयार रहेको तर सत्य बोल्न नडराउने बताएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

त्यहाको निर्बाचन आयोगलाई इङित गर्दै बनर्जीले पहिला निर्बाचन आयोग निष्पक्ष संस्था भएको तर अब आयोग भाजपाको हातमा बिक्री भइसकेको आरोप लगाइन ।

कोलकातामा मंगलवार भाजपा अध्यक्ष अमित शाहको चुनाबी र्यालिमा हिंसा भड्किएर ईश्वर चंद्र विद्यासागरको मूर्ति तोड़फोड भएसगै निर्बाचन आयोगले चुनाब प्रचार प्रसार गर्ने अन्तिम समय सिमा घटाए पछी भारतिय कांग्रेस र अन्य पार्टीहरु सरकार र निर्बाचन आयोगप्रती आक्रामका भइ रहेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

कोलकातामा भएको हिंसाको घटना पछी आयोगले बंगालमा अन्तिम चरणको चुनाव प्रचार समय एक दिन घटाउने र त्याहको गृह विभागका प्रधानसचिवलाई हटाउने निर्णय गरेको थियो ।

प्रधानमंत्री नरेन्द्र मोदीले हिंसा हुँदा तोड्फोड भएको ईश्वरचंद्र विद्यासागरको मुर्ती पुनर्निर्माण गरिने बताएका छन भने मुख्य मन्त्री बनर्जिले प्रधानमंत्री मोदीको खण्डन गर्दै बंगाल सरकारसग मुर्ती पुनर्निर्माण गर्ने पैसाको अभाब नभएको बताएकी छिन ।

प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार  १० : ३६ बजे