मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले प्रेस स्वतन्त्रता र मानब अधिकार खोस्न खोजे चुप लाग्दैनौ : कांग्रेस शभापती देउवा



मोरङ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकारनै कुण्ठित हुने गरी संसदमा विधेयक ल्याएर निरङ्कुश चरित्र देखाएको बताएका छन । उनले उक्त विधेयक संसदबाट पास हुन नदिने पनि बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकार हरु सग बोल्दै सभापति देउवाले ‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको भनाइ रहेको हुनाले जर्बजस्ती पारित गर्न खोजे चुप लागेर नबस्ने र सरकारको प्रयास लाई  संसदबाट कुनै पनि हालतमा पारित हुन नदिने बताएका हुन ।

शभापती देउवाले कांग्रेसले अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेप लाई नमान्ने दोहोर्याए । उनले सरकारले डेढ वर्षमा देखिने काम नगरेको आरोप लगाए ।

शभापती देउवाले कांग्रेसले प्रतिपक्षिको भूमिका राम्रै सग निर्बाह गरी रहेको दाबी गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  १२ : ५० बजे