मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानको हेरात प्रान्तमा बम बिष्फोट, दुइ बच्चा सहित अन्य दुइ ब्यक्तिको मृत्यु



काठ्माण्डौ, एजेन्सि-

अफगानिस्तानको हेरात प्रांतको ओबा जिल्लामा भएको बम बिष्फोटमा परी दुइ जना बच्चा र अन्य दुइ ब्यक्तिको मृत्यु भएको छ । बिष्फोतमा परि अन्य १४ ब्यक्ती घाइते भएका छन ।

बिष्फोटको यस घटनाको जिम्मेवारी अहिलेसम्म कुनै आतंकवादी संगठनले नलिएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

हेरात प्रांतका गभर्नरका प्रवक्ता, गेलानी फरहादले बताए अनुसार शनिवार बिहान रिमोट कंट्रोल मार्फत बम विस्फोट गराइदा सो मानबिय हताहाती भएको हो ।

हेरात प्रांतमा तालिबान विद्रोही समेत सक्रिय रहेको र तालिबानले नियमित रूपमा अफगान अधिकारि र सुरक्षा बललाई निशाना बनाउने गरेको समाचारहरुमा बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  १ : १८ बजे