सोलुखुम्बुमा गणेशमान सिंह प्रतिष्ठानद्वारा बिधार्थीहरुलाई शैक्षिक सामाग्री बितरण



सोलुखुम्बु जेठ, ५–
गणेशमान सिंह स्मृति प्रतिष्ठान नेचा सल्यानले प्रतिष्ठानको चौथो स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई छात्रवृतिस्वरुप शैंक्षिक सामाग्रीहरु वितरण गरेको छ । प्रतिष्ठानले स्थापना गरेको शैंक्षिक तथा सामाजिक सहायता कोषद्वारा सोलुखुम्बु जिल्लाकोको नेचा सल्यान गाउँपालिकाका १० वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति स्वरुप शैंक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।

उक्त शैंक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले गणेशमान सिंहको विचार र आचारणलाई व्यवहारमा लागु गर्न जरुरी रहेको बताए । नेता केसीले गणेशमान सिंहको विचार र आचारणलाई छोड्नु नहुनेमा जोड दिए ।

त्यस्तै, सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले गणेशमान सिंहको योगदानलाई नेपाली समाजले भुल्न नसक्ने उल्लेख गर्दै गणेशमान सिंह नेपाली कांग्रेसको मात्रै नभएर देश र सिङ्गो नेपाली समाजकै नेता भएको बताए । प्रतिष्ठानले स्थापना गरेको अक्षय कोशको अक्षयकोष दाता समेत रहेका कार्कीले आफुले गरेको सहयोग राम्रो काममा सदुपयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्दै प्रतिष्ठानले गरेका काम प्रती खुशी समेत प्रकट गरे ।

कार्यक्रममा नेचा सल्यान गाउपालिकाका अध्यक्ष डुफ कुमार वास्तोला,नेपाली कांग्रेस सोलुखुम्बुका सचिव धनजन रार्ई, हिमाल दर्शन उच्च माविका प्राचार्य अशोक शर्मा, नेचा सल्यान गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रमेश कुमार राई ,त्यसैगरी वडा नम्बर २ का अध्यक्ष एवम् अक्षयकोष दाता भेष कुमार वास्तोला , कांग्रेस नेता लोचन शर्मा , शुभराम बस्नेत , तरुण दल सोलुखुम्बुका अध्यक्ष अषोक झा, बिधार्थी नेता अश्विन थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष निर कुमार शर्मा कटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार  ६ : १५ बजे