काठ्माण्डौ,एजेन्सि-
अमेरिका र इरानबिच तनाब बढेपछी सऊदी अरबले क्षेत्रीय खाड़ी सहयोग परिषद र अरब लीगको बैठक बोलाएको छ । यि बैठकहरुमा ईरान र अमेरिका बीच चलिरहेको सैन्य असमझादारीहरुका बारेमा महत्वका साथ छलफल हुने अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
अमेरिकाले खाडी क्षेत्रमा विमानवाहक युद्द पोतहरु र बमबर्षक विमान तैनाथ गरेपछी अमेरिका र इरान बिच युद्दको आशङ्का बढेको हो ।
सऊदी अरबको सरकारी समाचार संस्थाका अनुसार साउदिका राजा सलमानले खाड़ी क्षेत्रमा अहिलेकै अवस्थामा युद्द भइ हाले त्यसले पार्ने असरका बारेमा छलफल गर्न मे महिनाको ३० तारिखमा मक्कामा दुइवटा आपातकालिन बैठक बोलाएका हुन ।
केहि समय अघी साउदी अरबकाका तेल बोक्ने जहाज र ट्याङ्करहरुमा समेत रहस्यमय हमलाहरु भएका थिय ।ति हमलाहरु यमनका हुथी विद्रोहिहरुले गराएको आशङ्का गरिएको छ ।










