कञ्चनपुर-
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका गतिबिधिले नेकपालाई मत दिने मतदाताहरुलाई लाई लाजमर्दो हुन थालेको बताएका छन ।
नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले पुनर्वासमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले नेकपालाई मत दिने मतदातालाई लाज लाग्न थाले पनि सरकार सुध्रीने छाट नदेखिएको बताएका हुन ।
सरकार गफै गफमा अल्मलिएको आरोप लगाउदै नेता पौडेलले भने ‘चुनाबका बेला बोलेका कुरा पुरा गर्ने त परै जाओस उल्टो भ्रष्टाचार बढेको बढ्यै छ,देशमा फेरी अशान्ती छाउने चिन्ता बढेको छ,बलत्कारी र भ्रश्टाचारी जस्ता अपराधिलाई सरकार आफैले संरक्षण गरेको प्रस्ट देखिएको छ , महङी बढेर जनताको जनजिबिका अस्तब्यस्त बनेको छ तर सरकार लाई कुनै पर्बाह देखिदैन’
वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा फेरी अधिनायकबादको खतरा रहेको पनि बताएका छन ।
सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल ऐन संविधान र संविधानको मर्म बिपरित रहेको बताउदै नेता पौडेलले भने ‘सरकारले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका अधिकार खोस्न खोज्यो, यो देशलाई दुर्घटना तिर धकेल्ने सङ्केत हो ।
नेता पौडेलले सरकार र नेकपाले दम्भ देखाउन थालेको र सरकार सुध्रिने सङ्केत नदेखिएको जिकिर गरे ।पौडेलले बर्तमान कम्युनिष्ट सरकारले निम्त्याएको अधिनायक्बादको खतरा बिरुद्द एक्जुट हुन काँग्रेस नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । आपसी मेलमिलाप बढाएर पार्टिलाई संस्थागत र बलियो बनाउनु पर्नेमा जोड दिदै उनले काँग्रेस बलियो भय मात्रै लोकतन्त्रको सुरक्षा तथा देशमा शान्ती र बिकाश अघी बढ्ने बताए ।
वरिष्ठ नेता पौडेल हाल सुदुर पश्चिमका जिल्लाहरुको भ्रमणमा रहेका छन ।








