काठ्माण्डौ,एजेन्सि-
भारतमा सम्पन्न भएको लोक शभा निर्बाचनको भोली बाट हुने मतगणनाको बेला हुन सक्ने सम्भाबित हिंसा प्रती भारतको गृहमंत्रालयले सतर्कता अपनाएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
गृहमंत्रालयले सम्भाबित हिंसालाई मध्यनजर गर्दै सबै राज्यका मुख्य सचिव र डीएसजीपीलाई अलर्ट रहन निर्देशन दिएको छ ।
गृहमंत्रालयले सबै प्रदेशहरुमा कानूनको पालना र शांति व्यवस्था सुनिश्चित गराउन निर्देशन दिएको समाचारहरुमा जनाइएको छ ।
सात चरणमा भएको लोकसभा चुनावको नतीजाका लागी भोली बाट मतगणना शुरु हुँदैछ । विपक्षी पार्टीहरु त्यहाको निर्बाचन आयोग निश्पक्ष नभएको भन्दै सर्बोच्छ अदालत सम्म पुगी सकेका छन ।
मत गणना अघीका मत सर्बेक्षणहरुलाई लिएर कतिपय राजनैतिक दल र उम्मेदवारहरुले आक्रोशपुर्ण अभिब्यक्ती दिइ रहेका कारण पनि भारतको गृह प्रसाशनले हिंसा भड्किन सक्ने आकलन गरेको हो ।
मत गणनाको दौरानमा हिंसा भड्किन सक्ने आकलन गर्दै भारतको गृह प्रशासनले मातहतका निकायहरुलाइ अलर्ट गराउदै सुरक्षा सतर्कता बढाएको हो ।
निर्बाचनका क्रममा समेत भारतमा ठाउ ठाउमा हिंसा पुर्ण घटनाहरु भएका थिय भने पछिल्लो समय भारतिय राजनिती असहिष्णुता तर्फ अघी बढेको र राजनितिकै कारण सामाजिक मर्यादा र सौहार्दता कम हुँदै गएकोमा चिन्ताहरु ब्यक्त हुँदै आएका छन ।










