छोटो समयमा भारतको राजनितिमा उदाएका अरबिन्द केजरिवाललाई अब जनताले बिदा दिने शङ्केत



काठ्माण्डौ-

अघिल्लो निर्बाचनबाट बैकल्पिक राजनितिक शक्तिका रुपमा उदाएका दिल्लीका मुख्यमंत्री अरविंद केजरीवाल यस पटकको निर्बाचनबाट पत्ता साफ हुने भएका छन । छोटो समयमा हलक्क राजनितिमा उदाएका अरबिन्द केजरिवाल यस पटकको निर्बाचनबाट भरतको दिल्लिका जनताबाट अस्विकृत भएका हुन ।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार दिल्लिका सातै सीटमा भाजपा अघाडी देखिएको छ । दिल्लीमा जित हासिल गर्न यस अघी कांग्रेसले गठबन्धनका लागी पटक पटक प्रयास गर्दा पनि केजरिवाल सहमत नभए पछी दिल्लिमा कांग्रेस र आम आद्मी पार्टी अलग अलग चुनाब लडेका थिय ।

दिल्लिका सातै सीट मा जित हासिल गर्नका लागी यस पटक आम आदमी पार्टी र कांग्रेसले ठुलो प्रायत्न गरेपनी बीजेपीका सामु केहि नचल्ने प्रारम्भिक मत परिणामहरुले देखाएका छन ।

अघिल्लो दिल्ली विधानसभा निर्बाचनमा ६७ सीट जीतेर इतिहास बनाएका अरविंद केजरीवाल अब भारतको राजनितिक  दृष्यबाट बाहिरिनु पर्ने सम्भाबना देखिएको छ ।

यदी आम आदमी पार्टीले दिल्लिमा एक सीट पनि नजितेमा दिल्लीका जनताले उक्त पार्टीलाई नरुचायको प्रष्ट हुने र आउदो विधानसभा चुनावमा पनि यस्तै परिणाम आउन सक्ने भारतिय राजनितिक बिष्लेशकहरुलाई उधृत गर्दै भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

यो पनि पढ्नुहोस्-

भारतीय लोकसभाको मत परिणामः कुन प्रदेशमा कसको अग्रता ?

भारतमा भोली मत गणना : हिंसा भड्किन सक्ने आशङ्कामा गृहमन्त्रालयले बढायो सुरक्षा सतर्कता

 

प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार  ७ : ०५ बजे