हतियारसहित आएका विप्लवका कार्यकर्ताले यात्रुवाहक बस जलाए



सुर्खेत जेठ, १३–
‘विप्लव’ नेतृत्वको नेकपाले समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेको छ ।

विप्लवका कार्यकर्ताले सोमबार बिहान गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई गोचेखोलामा आगजनी गरेका हुन् ।

हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  २ : ५८ बजे