जेठ १३,बझाङ्-
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले आफु भित्रको शक्तिको जागरण गर्दै अब कांग्रेसलाई कर्मशिल पार्टी बनाउन जरुरी रहेको बताएका छन ।
आज बझाङको चैनपुरमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली कांग्रेस र कांग्रेसमा आबद्द सबैले आफु भित्रको शक्तीलाई चिन्न जरुरी रहेको बताएका हुन ।
समानाता सगै सामाजिक न्याय प्रतीको दृढ अठोट र नैतिकता सहितको राजनिती नै नेपाली कांग्रेसको शक्ती भएको बताउदै बरीष्ट नेता पौडेलले बिगतमा पनि उत्पिडित वर्गको उत्थानको शुरुवात नेपाली कांग्रेसले नै शुरु गरेको र अब पनि उत्पिडित वर्गको बारेमा कांग्रेसले बोल्न जरुरी रहेकोमा जोड दिए ।
बर्तमान कम्युनिष्ट सरकारले सत्ता सञ्चालन गर्दा कम्युनिष्ट नेता कार्यकर्ताहरुको नयाँ बर्ग जन्मिन थालेको र त्यो बर्गले नेपाली समाज भित्रको उत्पिडित वर्ग माथी अझै उत्पिडन थप्न थालेको उल्लेख गर्दै नेता पौडेलले अब उत्पिडनलाई समाप्त पार्दै सामाजिक समानताका लागी कांग्रेसले आवाज उठाउनु पर्ने बताए ।
जनाशभालाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली कांग्रेस स्थापनाकाल देखी नै सामाजिक जागरण ,राज्य तहमा सबैको समान पहुच र सामाजिक न्याय को पक्षमा रहेको स्मरण गर्दै अब पनि नेपाली कांग्रेसले देशाका सबै नागरिक प्रती समान दृष्टिकोण राख्ने बताए । नेता पौडेलले कम्युनिष्टहरुले उत्पिडित बर्गका नममा भोट मागेर सत्तामा पुगे पछि उत्पिडित जनतालाई उपेक्षा गर्ने गरेको भन्दै सरकारले कमुनिष्ट नेता कार्यकर्ताहरुको पक्षपोषण गरेको समेत आरोप लगाए ।
बारीष्ट नेता पौडेल हाल सुदुर पष्चिमका जिल्लाहरुको भ्रमणमा रहेका छन ।