काठमाडौं –
नेपाली काँग्रेसका सांसद तथा युवा नेता गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजीनामा दिनुपर्ने माग गरेका छन्।
प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा आयोजित् कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नुभएको कि नागरिकलाई तर्साउन खोज्नुभएको ? नागरिकलाई सुरक्षा दिन नसकेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्छ । हमीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो ।’
नेता थापाले सोमबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले उपत्यकामा विप्लवको चार कम्पनी जनसेना रहेको भनि दिएको अभिब्यक्ति नागरिकहरुलाइ तर्साउने खालको भएको आरोप् लगाए।
थापाले सरकार अधिनायकवादतर्फ अगाडि बढी रहेको र अब पनि नसच्चिया सरकारलाई काँग्रेसले ठेगान लगाउने बताए ।