कम्युनिष्ट सरकारले अबको चार बर्षमा देश बर्बाद बनाउछः कांग्रेस नेता गगन थापा



तनहुँ जेठ, १४–
कांग्रेस युवा नेता गगन थापाले अबका चार वर्षमा देश बर्बाद हुने दावी गरेका छन् ।कांग्रेसका केन्द्रीय सदस्य सदस्य समेत रहेका थापाले कम्युनिस्ट सरकारका कारण उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै अबका चार वर्षमा यो संख्या अझै बढ्ने डरलाग्दो अवस्था चित्रण गरे । मंगलबार नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै युवा नेता थापाले अहिलेका सरकारका गतिविधिले त्यस्तै शंकेत गरेको प्रष्ट पारे ।
उनले भने, ‘लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन्।रोजगारी पनि घट्नेछ।’

सरकार अझै अनुदार बन्ने र भावी दिनको चुनाव पनि नाम मात्रको हुने नेता थापाले आशंका व्यक्त गरे। चीनको अवस्था फरक भएको भन्दै उनले कुनै पनि कम्युनिस्टको नेतृत्व भएको मुलुकले समृद्धि हाँसिल नगरेको उनको भनाइ थियो । नेता थापाले थपे ‘प्रधानमन्त्री देशलाई क्याम्बोडिया बनाउन चाहँदै हुनुहुन्छ।’
उनले देशमा केही भएन भनेर व्यवस्था परिवर्तन गर्नु नपर्ने भन्दै यही व्यवस्थामा सही विचारले नेतृत्व गरे मात्र देश बदलिने प्रष्ट पारे ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  ९ : ५५ बजे