मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिकाश र सम्बृद्दिको रचनात्मक आन्दोलन पनि युबा बिधार्थीकै नेतृत्वमा : कांग्रेस महामंत्री कोईराला



काठमाडौं जेठ, १४–

कांग्रेस महामन्त्री शशांक कोइरालाले मुलुकमा अहिले सम्म भएका सबै राजनितिक परिवर्तनको नेतृत्व युबा बिधार्थीहरुले नै गरेको बताएका छन ।

आज ‘हाम्रो नेबिसंघ संगठित र प्रशिक्षीत नेबिसंघ’ अभियानले राजधानिको थापाथली क्याम्पसमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामंत्री  कोईरालाले अब पनि देशलाई चाहिएको बिकाश र सम्बृद्दिको रचनात्मक आन्दोलनको नेतृत्व युबा बिधार्थीहरुले नै गर्नु पर्ने बताएका हुन ।

प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले बिगत केहि समय देखी नेबिसंघ रिक्त रहदा पार्टिलाई ठुलो घाटा भएको उल्लेख गर्दै तत्काल नेबिसंघ गठन गर्न आफुले पार्टी शभापतिलाई दबाब दिइ रहेको पनि बताए ।कोइरालाले तत्काल नेबिसंघ गठन गरेर संघलाई महाधिबेशन उन्मुख गराउन जरुरी रहेकोमा जोड दिदै  नेबिसंघको गौरबलाई कायम राख्न पार्टी र   सबै बिधार्थी नेता कार्यकर्ताहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य एबम पूर्व मन्त्री मिनेन्द्र रिजालले नेबिसंघ लामो समय रिक्त हुनु दुखद भएको भन्दै  संघलाई  तत्काल गतिशिल बनाइनु पर्नेमा जोड दिए ।

कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेताहरु धनराज गुरुङ र बद्री पाण्डेले कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिय ।

कार्यक्रमको बिशय प्रबेशमा बोल्दै नेबिसंघका निबर्तमान उपाध्यक्ष एबम अभियानका संयोजक निलकण्ठ रिजालाले नेबिसंघ रिक्तता लाई पुरा गर्न अभियानल शसक्त ढङ्गबाट अघी बढी रहेको बताएका थिय ।

कार्यक्रममा नेबिसंघका पूर्व महामन्त्री गजेन्द्र कार्की लगायत अन्य बिधार्थी नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको रहेको थियो

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  २ : ५२ बजे