मोदीको सपथ ग्रहण समारोहमा सारीक हुन प्रधानमन्त्री ओलि दिल्ली जादै



जेठ १५,काठ्माण्डौ-

दोस्रो कार्यकालका लागि निर्बाचित भय पछी बिहिबार सपथ लिन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सारीक हुन प्रधानमन्त्री केपी शर्मा ओलि बिहिबार दिल्ली जादै छन ।

परराष्ट्र मन्त्रालयका अनुसार प्राधाअनमन्त्री ओली बिहिबार दिउसो नयाँ दिल्ली जाने र शुक्रबार अपरान्ह स्वदेश फर्किने छन्। ओली र मोदीबीच दिपक्षीय भेटघाट समेत हुने छ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार राजन भट्टराईले पनि ओली भ्रमणको पुष्टि गरे। ‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो,’ मंगलबार राधानीको एक कार्यक्रममा उनले भने, ‘नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ।’

भट्टराईले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको र समस्या पनि आउँदा दिनमा छलफल गरेर टुंग्याइने बताए। ‘हामीबीच बहुआयामिक सम्बन्ध छ,’ उनको भनाइ छ, ‘समस्या पनि छन्। केही पछिल्लो समय समाधानतर्फ उन्मुख छन्। बाँकी विषयहरु पनि द्विपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामीहरु अघि बढिरहेका छौं।’

ओलीको भ्रमण दलमा जाने सदस्यबारे भने अझैं टुंगो नलागेको परराष्ट्र मन्त्तालयले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार  ३ : २५ बजे