मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारिले दिइन गणतन्त्र दिबसको शुभकामना



काठमाडौं जेठ, १५–

राष्ट्रपति विद्यादेवी भण्डारीले १४ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना दिदै  गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छिन् ।

 शुभकामना सन्देशमा  उनले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गरेकी छिन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उनले बताएकी छिन् ।

सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको बताउँदै उनले सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गरिन् ।

उनले मुलुकको समग्र विकास र समृद्धिका लागि आआफ्नो क्षेत्रबाट सबै नेपालीलाई योगदान गर्न आव्हान गरेकी छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा गणतन्त्र दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा प्राप्त हुने शुभेच्छा प्रकट गरेकी छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ३ : ४९ बजे