जेठ १५,अछाम्-
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता कार्यकर्ताहरु आफ्नै साथीहरुको कुरा काटेर होटेलमा बस्न बन्द गर्नु पर्ने बताएका छन ।
आज अछामको साफेबगरमा भएको जनशभामा बोल्दै नेता पौडेलले नेपाली काङ्ग्रेसले आफ्नै पार्टी भित्रै जागरण ल्याउन पनि जनजागरण अभियान शुरु गरेको उल्लेख गर्दै अब सबै कांग्रेसिहरु पार्टिका अन्तरिक कुरामा अल्झिएर बस्न नहुने बताएका हुन ।
बरीष्ट नेता पौडेलले बर्तमान सरकारले मुलुकमा शाषन नभएर कुशाषन चलाई रहेकोले यो कुशाषनबाट जनतालाई मुक्त गर्न सबै कांग्रेसिहरु एक्जुट भएर अघी बढ्नुपर्नेमा जोड दिए ।नेता पौडेलले पार्टिलाई जनताको स्वार्थसग जोडेर अघी बढ्न कांग्रेसका सबै नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
लोकतन्त्रको रक्षा गर्दै देशलाई स्थीरता , बिकाश र सम्बृद्दिको बाटोमा अघी बढाउन कांग्रेसको बिकल्प नभएकोमा जोड दिदै नेता पौडेलले सरकारको काम गराइबाट जनता निरास भइ सकेको बताए । भ्रष्टाचार, ढाटछल र षढ्यन्त्रले देश नचल्ने भन्दै नेता पौडेलले सरकारले गरेका गलत कामहरुको बिरुद्द अभियान चलाउन समेत कांग्रेसका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।