काठ्माण्डौ ,एजेन्सि-
उत्तर कोरियाका तानाशाह किम जोंग-उन ले उत्तर कोरियाको सरकारी सेवामा रहेका ५ जना अधिकारिहरुलाई मृत्युदण्डको सजाय दिएका छन ।
दक्षिण कोरियाली अखबार चोसन इल्बोले जनाए अनुसार मृत्युदण्डको दिइएका अधिकारिहरुलाई फायरिंग स्क्वाडको सामुन्ने उभ्याएर गोलि हानी मारिएको थियो । अखबारका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सगको बार्ता असफल भयपछी किम जोङ उनले उनिहरुमाथी धोका दिएको आरोपमा मृत्युदण्ड दिएका हुन ।
मृत्युदण्ड पाउने अधिकारिहरु अमेरिकि राष्ट्रपती ट्रम्पसग किम जोङ उनको भेटघाट तय गराउन उत्तर कोरियाका तर्फबाट विशेष प्रतिनिधीको रुपमा काम गरेका थिय ।
गोली हानी मारिएका एक अधिकारी किम ह्योक चोललाई तानाशाह किम जोङ उनले धोखा दिएको भन्दै दोशी ठहर गरेका थिय । भियतनाममा भएको दुइ नेताको भेट्घाटमा चोल पनि किमको साथमा रहेको समाचारहरुमा जनाइएको छ ।
उनलाई उत्तर कोरियाक मिरिम एयरपोर्ट छेउमा अन्य चार वरिष्ठ अधिकारिहरु सगै गोली हानी मारिएको दक्षिण कोरियाली समाचारमाध्यमहरुले समाचारमा जनाएका छन । मारिने अन्य चार अधिकारिहरुको नाम खुल्न बाकी रहेको समाचारहरुमा जनाइएको छ ।किम जोङ उनले यस अघी पनि अन्य कयौ अधिकारिहरु र आफ्नै काकाको समेत हत्या गराइ सकेका छन ।
यो पनि पढ्नुहोस्-
उत्तर कोरियाद्वारा लामो दुरिको क्षेप्यास्त्र परिक्षण : अमेरिकि राष्ट्रपती ट्रम्पले जनाए आपत्ती