मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

योगी आदित्यनाथले लगाए मोबाइल माथी प्रतिबन्ध , कारण यस्तो



काठ्माण्डौ,एजेन्सि-

मोबाइल फोनबाट डाटा ह्याक हुने तथा जासूसी हुने खतर प्रती भारतको उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथ सतर्क हुने गर्दछन ।

योगी आदित्यनाथले मोबाइल फोनलाई खतरा मान्दै उत्तर प्रदेश मन्त्री परिषदको क्याबिनेट बैठकमा मोबाइल लान प्रतिबन्ध लगाएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । समाचारमा जनाइए अनुसार उत्तर प्रदेशको क्याबिनेट बैठकमा अबकुनै मंत्रीले मोबाइल फोन लान पाउने छैनन ।

मुख्य मन्त्री योगी आदित्यनाथ इलेक्ट्रॉनिकस उपकरणहरु सगा पहिले देखी नै सतर्क रहने गरेको बताइएको छ ।  अब सबै मंत्रीले आ-आफ्ना मोबाइल फोन बैठक कक्षको बाहिरा नै राख्नु पर्नेछ यस अघी मंत्रिहरुले मोबाइल फोन लान पाए पनि स्विच अफ , साइलेंट अथवा एरोप्लेन मोडमा राख्नु पर्ने नियम रहेको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार  १ : ३६ बजे