मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने तयारिमा प्रधानमन्त्री ओली



जेठ १९,काठ्माण्डौ-

प्रधानमन्त्री केपी शर्मा ओली युरोपको भ्रमणमा जाने भएका छन् । हालै भारतको भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओली यही जेठ २५ गतेदेखि नौ दिने युरोप भ्रमणमा जाने भएका हुन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने भएका हुन्।

जेठ २५ गते जेनेभाका लागि प्रस्थान गर्ने प्रधानमन्त्री ओलीले २६ गते जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

२७ गते प्रधानमन्त्री जेनेभाबाट लण्डन उड्ने छन्। बेलायतमा प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनको विशेष कार्यक्रम नेपालको प्रजातन्त्र र विकासबारे बोल्ने छन्।उ नी बेलायती संसदको एक समितिको बैठकमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ।

बेलायत बसाइका क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिए।भेट का क्रममा भुतपूर्व गोरखा सैनिकका विषयबारे कुराकानी हुनेछ। भेटपछि द्वीपक्षीय सहयोगका केही घोषणा पनि हुनेछ।

जेठ २९ गते प्रधानमन्त्री ओली फ्रान्स जानेछन्। उनले फ्रान्सको दुई दिने औपचारिक भ्रमण गर्नेछन्। नेपाल(फ्रान्स दौत्य सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन्। फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंसँग प्रधानमन्त्रीको भेटवार्ताको तयारी भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए।नौ दि ने भ्रमण सकेर प्रधानमन्त्री असार १ गते स्वदेश फर्किनेछन्।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  १ : ५१ बजे