मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका पछी हट्यो : विनाशर्त इरानसँग बार्ता गर्न तयार



जेठ १९,काठ्माण्डौ-

इरानसँग कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले बताएको छ।

अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि इरानका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिएका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री इग्नाजिओ कासिससँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका छन्, “हामी ‘कुनै पूर्व शर्तविना’ इरानसँग कुराकानी गर्न तयार छौँ । उनीहरूसँग बसेर छलफल गर्न चाहन्छौँ ।”

“तर उक्त इस्लामिक गणतन्त्रको ‘रिभोलुसनरी फोर्स’ बाट हुने गलत गतिविधिलाई आधारभूतरूपमा नै पराजित गर्नेतर्फ भने अमेरिकी प्रयास जारी रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने छ ।”

यो पनि पढ्नुहोस्-

अमेरिका-इरान बिच सैन्य तनाब बढे पछी अरब लिगको आपत्कालिन बैठक बस्दै

अमेरिकाले लगायो इरानबाट धातु निर्यातमा प्रतिबन्ध : दुइ देश बिच थप तनाब बढ्न सक्ने

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  २ : १२ बजे