मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उडिरहेको बिमानमा बम रहेको हल्लापछि सिङ्गापुर वायुसेनाका लडाकु जेटले ओराले यात्रुवाहक विमान



काठ्माण्डौ,एजेन्सी

उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराएको त्याहाका अधिकारीहरूलाई उधृत गर्दै बिबिसीले समाचारमा जनाएको छ ।

अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना मिथ्या भएको पुष्टि भयो।

फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए।

नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी पनि सोही विमानको यात्रु भएको बताइएको छ।

हाल प्रहरीले उनलाई अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको र उनले त्यसमा सघाइरहेको बताइएको छ।

सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४:४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ।

सिङ्गापुरका रक्षामन्त्री अङ् एङ् हेनले सबै “खतरालाई अन्यथा प्रमाणित नभएसम्म” गम्भीरतापूर्वक लिइने सार्वजनिक टिप्पणी गरेका छन्। बिबिसीबाट  –

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ५ : ४० बजे