मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतका सात शहर बिश्वकै सबैभन्दा गर्मी ठाउको सुचिमा ,अत्याधिक गर्मिले जनजिबन प्रभाबित



काठ्माण्डौ-  एजेन्सि-

भारतमा अत्याधिक गर्मी बढेको छ । भारतका विभिन्न स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा उकालो लागे को भारतको मौसम विभागले जनाएको छ।

तापक्रम बढेपछि राजस्थान र मध्य प्रदेश राज्यमा गर्मीको लहर बढ्ने चेतावनी दिइएको बिबिसीले  समाचारमा जनाएको छ ।

यो वर्ष उत्तरी समथर भूमिदेखि पश्चिम तथा दक्षिणी भेगमा पनि प्रचण्ड गर्मी भएको छ।

घरबार नभएका व्यक्तिहरू गर्मीबाट धेरै पीडित भएका छन्। सडक व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन्। उनिहरुको जिबन कष्टकर बनेको समाचार हरुमा जनाइएको छ ।

मौसमसम्बन्धी जानकारी दिने वेबसाइट एल डोराडोले विश्वका १५ गर्मी स्थानको सूचीमा सोमवार भारतका सातवटा सहरलाई राखेको छ। बाँकी आठ स्थान पाकिस्तानमा छन्।

पाकिस्तानको सिन्ध प्रान्तस्थित जेकोबाबादमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको छ। सो सहरलाई पृथ्वीकै सबैभन्दा गर्मी स्थान मानिएको छ।

मनसुनमा विलम्ब हुने लक्षण देखिएकाले गर्मी अझ अरू केही दिन रहने भारतको मौसम विभागलाई उधृत गर्दै बिबिसीले समाचारमा जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ४ : ५३ बजे