काठमाडौँ — गत सोमबारदेखि चीन सिमाना नजिकैबाट हराइरहेको भारतीय वायु सेनाको एएन-३२ विमान अहिलेसम्म फेला नपरेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । हराएको उक्त विमानमा चालक दलका ८ जना र ५ जना सुरक्षाकर्मीसहित १३ जना सवार थिए ।
अरुणाञ्चल प्रदेशमा चिनको सिमाना नजिकै बाट हराएको आशङ्का गरिएको छ । हराइ रहेको विमान खोजीका लागि इन्डियन एयर फोर्सले विशेष मिसनमा प्रयोग गर्ने सी-१३०जे र एएन-३२ र एमआई-१७ हेलिकप्टर परिचालन गरेपनि हालसम्म बिमानको कुनै संकेत मिलेको छैन।
बिमानको खोजिका लागी सेनाले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आईएसआरओ मार्फत स्याटालाईट र नौसेनाको पी८आई विमान प्रयोग गरी रहेको समाचारहरुमा जनाइएको छ ।
आईएसआरओको कार्टोस्याट र रीस्याट भूउपग्रहले विमान हराएको स्थानको तस्बिरहरु लिइरहेको र नौसेनाको विमानले इलेक्ट्रो अप्टिकल र इन्फ्रा रेड सेन्सरबाट झोरहाट र मेचुकाको जंगली इलाकामा खोजी कार्य गरिरहेको छ।
यो पनि पढ्नुहोस्-
चिनको सीमानजिकैबाट भारतीय वायुसेनाकाे विमान बेपत्ता ,खोजी कार्य तिब्र










