बुटवल जेठ, २६–
रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको हो ।
अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको देवदह प्रहरीले जनाएको छ ।
मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको थियो। थापाको मृत्युपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा देवदहकै लक्ष्मण थारु, रमेश थारु, सुवास क्षेत्री र रुपन्देही तिलोत्तमाका रेखबहादुर महतो र हिरा महतो रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू ट्रयाक्टर चालक र लेबर काम गर्दै आएका मजदूर रहेको बताइएको छ। यसअघि टिपर चालक रहेका मृतक थापा हाल माइक्रो बसका चालक रहेको स्थानीयले बताएका छन्।
थापाको हत्या के कारणले भएको हो ? भन्नेबारे प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ।