कांग्रेस द्वारा संसद् बैठक अबरुद्द : सरकारले अन्य धर्मको प्रचार गर्दै नेपाली संस्कृति मास्न लागेको आरोप



२७ जेठ, काठमाडौं ।

गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोधमा प्रमुख विपक्षी नेपाली
कांग्रेसको बिरोध पछी संसद् बैठक अवरुद्ध भएको छ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा हिजो भएको प्रदर्शनमा धरपकड गरेकोमा कांग्रेसले संसद् बैठकमा सरकारको बिरोध गर्दै सदन अबरुद्द गरेको हो ।

सोमबारको बैठक सुरु भएलगतै  कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म प्रचारकको टोपी लगाएर सरकारले पुरानत संस्कृति मास्न लागेको आरोप लगाए ।उनले सरकार नेपाली संस्कृति जोगाउन भन्दा बिदेशी धर्मको प्रचारमा लागेको आरोप लगाए ।

नेता खाँणले आफ्नो अधिकार खोज्न निस्केका जनता  माथी  बर्बर दमन स्विकार्न नसकिने भन्दै सरकारी दमन प्रती गृहमन्त्रीले जवाफ दिनै पर्ने जिकिर गरे ।

खाँणले बोले लगत्तै प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ आउनुपर्ने भन्दै कांग्रेस सांसदहरुले होहल्ला सहित अवरोध जारी राखेपछि संसद् बैठक १५ मिनेटलाई स्थगित गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  ६ : ४८ बजे