सोलुखुम्बुको लिखु पिके गाउपालिकामा नेकपाका दुइ दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश



सोलुखुम्बु-

सोलुखुम्बुको लिखु पिके गाउपालिकामा नेपाली कांग्रेसले गरेको जनशा भामा नेकपाका दुइ दर्जन भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन । नबा प्रबेसीहरुलाई कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसि,नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की र नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा नेकपाबाट देबी ध्वज खड्का, कुमार बिक टिकाराम बिक लागायत दुइ दर्जन भन्दा बढी कांग्रेसमा प्रबेश गरेका हुन ।

लिखुपिके गाउपालिकाको काफ्लेचौर स्थित हिमगङ्गा माबिको प्राङ्गणमा नेपाली काङ्रेस लिखुपिके गाउपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसिले सोलुखुम्बुमा स्थानिय तहका जनप्रतिनिधिहरुले  मनोमानी गरी रहेको आरोप लगाए ।नेता केसिले लिखु पिके गाउपालिकामा सञ्चालित बिभिन्न हाइड्रो पावरहरुसग मिलेर जनप्रतिनिधिहरुले जनताले पाउने सुबिधाबाट जनतालाई बन्चित गाराइ रहेकोमा जोड दिए । यसका बिरुद्द नेपाली काङ्रेसले निरन्तर आवाज उठाइ रहेको र आगामी दिनमा थप अभियान चलाईने केन्द्रिय सदस्य केसिले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले स्थानिय तह देखी केन्द्र सम्मनै सरकार र जनप्रतिनिधिहरुले जनताको भाबनालाई बेवास्ता गर्दै भ्रष्टाचार गरी रहेको र त्यस्लाई रोक्न नेपाली काङ्रेस सक्षम हुनुपर्नेमा जोड दिदै काङ्रेस सक्षम बन्न पार्टी भित्र मेल्मिलाप र एकताको खाचो रहेको बताए ।नेता कार्कीले  स्थानिय तहमा भ्रष्टाचार भएको अत्याधिक जन गुनासो आइरहेको भन्दै उनले जनताले तिरेको करमा रजाइँ गर्ने र पदको दुरुपयोग गर्नेलाई जनतालेनै दण्डित गर्ने र आगामी दिनमा नेपाली कांग्रेसले आगामी दिनमा जनाताको पक्षमा शसक्त आवाज उठाउने समेत बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले स्थानिय तहहरुमा भईरहेको भ्रष्टाचार र अनिमियतताका बारेमा कांग्रेस जानकार भय पनि अहिले सम्म स्थानिय तहलाई आफुहरुले परिक्षण कालको रुपमा सहयोग गरिरहेको बताउदै आगामी दिनमा स्थानिय तहहरुमा मौलाएको भ्रष्टाचार बिरुद्द खरो रुपमा उतृने बताए । सभापति बस्नेतले नेकपाले जितेका सबै ठाँउहरुमा ठुलो मात्रामा भ्रष्टाचार भईरहेको आरोप लगाए ।उनले सरकार आफैले भ्रष्टाचार र दण्डहिनतालाई प्रसय दिइरहेकोमा आपत्ती प्रकत गर्दै सरकार प्रती जनाताको बिष्वास गुमी सकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापती प्रभुराम बस्नेत, सोलुखुम्बुका सहचिब कुशराज राइ,महासमिती सदस्य जय कुमार राइ ,खिलराज बस्नेत, नेता शुभराम बस्नेत, नेविसंघ सोलुका अध्यक्ष आस्विन बाबु थापा, बिधार्थी नेता महेन्द्र बस्नेत,नेपाली कांग्रेस   लिखुपिके गाउपालिका सम्योजक मिना बस्नेत लगायतले आ- आफ्नो धारणा राखेका थिय ।कार्यक्रम जनजागरण अभियान लिखुपिके गाउपालिकाकाका लागी नेपाली कांग्रेस जिल्ला कार्य समिती सोलुका प्रतीनिधी एबम महाधिबेसन प्रतीनिधी अशोक झाको सभापतित्वमा भएको थियो ।

 

प्रकाशित मिति : असार १, २०७६ आईतबार  १२ : ४१ बजे