मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानसेनापति थापा साताव्यापी भ्रमणका लागी चीन प्रस्थान



काठ्माण्डौ-

प्रधानसेनापति पूर्णचन्द्र थापा साताव्यापी चीन भ्रमणका लागि प्रस्थान गरेका छन्।

छिमेकी राष्ट्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा नेपाल सरकारको निर्णय बमोजिम भ्रमणमा प्रस्थान गरेका थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।

थापाको विदाईका लागि नेपालस्थित चीनका राजदूत, नेपाली सेनाका रथी, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो ।

यसअघि थापालाई सेनाको मुख्यालय जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिमा नियुक्तिपश्चात् थापाको यो पहिलो चीन भ्रमण हो। थापा नेतृत्वको भ्रमण दलमा श्रीमती दिपा थापा तथा कार्यकारी उपरथी अनन्त कार्कीसहित ८ जना समेत रहनेछन्।

थापाको भ्रमणदल एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीनको छेङ्दु हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : १४ बजे