सुनसरी-
पटक पटक विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका विषयमा पार्टीले छानबिन गर्ने भएको छ। मेयर चौधरी कहिले पत्रकारलाई धम्की दिने कहिले महिलाहरुलाई नकारात्मक टिप्पणी गर्ने लगाएतका हर्कत दोहोर्याएर बिबादमा आइरहेका छन ।
उनीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले छानबिन गर्ने भएको छ । यसबारे भोलि आइतबार छलफल हुने सुनसरी नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डलले जानकारी गराए।
नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले मेयर चौधरीलाई पत्रकारसँग पुनः त्यस्तै व्यवहार नगर्न निर्देशन दिएको बताए। उनले भने, ‘पत्रकारको विषय हल हुँदै गएपछि पुनः अपाच्य खालका अभिव्यक्तिहरु आएको सुनिएको छ। जिल्लाका नेताहरुलाई पनि उहाँ (चौधरी) का बारेमा कुरा गर्न भनिएको छ।’
चौधरीसँग पार्टीले कुरा गरिसकेपछि चित्त बुझ्दो जवाफ भएन भने थप कदम चालिने घिमिरेले जानकारी गराए।
प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको प्रदेश कमिटीलाई जानकारी गराएको जिल्ला अध्यक्ष मण्डल बताए ।
उनको सर्बत्र आलोचना भइरहेको छ भने प्रतीनिधी सभाको बैठकमा समेत उनि माथी कार्बाही हुनुपर्ने माग उठीरहेको छ ।