काठ्माण्डौ-
ईरानले आफ्नो ड्रोन खसालेको जवाफमा अमेरिकाले ईरानको मिसाइल नियंत्रण प्रणाली र एक जासूसी नेटवर्क माथी साइबर हमला गरेको अमेरिकी समाचार पत्र वाशिंगटन पोस्टले जनाएको छ ।
यस साइबर हमलाबाट रकेट र मिसाइल हमलामा प्रयोग हुने कम्पुटर हरुमा नोक्सानी पुगेको छ । तर साइबर आक्रमण गरिएको बारे अमेरिकि रक्षा अधिकारिहरुले पुष्टी गरेका छैनन्
इरान ले अमेरिकाको ड्रोन खसाले पछी अमेरिकी राष्ट्रपतिले ईरानको बिरुद्द सैनिक हमालआको आदेश दिए पनि पछी फेरी तत्कालाई हमालआ नगर्न आदेश दिएका थिय ।
पछिल्लो समय अमेरिका र इरान बिचको तनाब बढी रहेको छ ।यि दुइ राष्ट्रहरु बिच पछिल्लो समय युद्दको खतरा बढी रहेको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
यसै बिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार ईरान नयाँ प्रतिबंध लगाउन सक्ने बताइएको छ ट्रम्ले भनेका छन ‘अमेरिकाले ईरान लाई परमाणु हतियार विकसित गर्न दिने छैन’ ।