दाङ । दाङमा चट्याङ् लागेर एकैपटक तीन बालकको ज्यान गएको छ । मंगलबार राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले उनीहरुको ज्यान गएको
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले जानकारी गराए । उनका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले उनीहरुको मृत्यु भएको हो । तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।