मेक्सिको,
पछिल्लो समय अमेरिकाले आप्रबासी हरुमाथी कडाइ गर्ने निती लिए पछी मेक्सिको सगा जोडिएको सिमानामा आप्रबासिहरुलाई अमेरिकाले कडाइ गर्न थालेको छ ।
मेक्सिको र अमेरिकाको सिमाबाट बिभिन्न मुलुकबाट गैह्रकानुनी रुपमा पुगेका आप्रबासिहरु अमेरिका प्रबेश गर्ने गर्दछन ।अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथी कडाइ गर्न अमेरिकाले मेक्सिको माथी लगातार दबाब बढाइरहेको छ ।
यसै बिच मेक्सिकोको प्रहरीले अमेरिका प्रवेश गर्न चाहने १०१ जना मध्य अमेरिकी आप्रवासीलाई पूर्व मेक्सिकोको भेराक्रुस राज्यबाट पक्राउ गरेको छ।
तिएरा ब्लाङ्का नगरपालिकामा ट्याक्टरमा चढेर अमेरिकी सिमानातिर गइरहेका आप्रवासीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा ८६ जना वयस्क व्यक्ति र केही बालबालिका रहेका छन्।
पक्राउ परेकामध्ये होन्डुरस, एल साल्भाडोर, ग्वाटेमाला र निकारागुवाका नागरिक रहेका छन्। प्रहरीले ट्याक्टरचालकलाई मानव तस्करीको आशंकामा गिरफ्तार गरेको छ। यस्तै अर्को कारबाहीमा तान्तोयुका नगरमा पनि १५ जना मध्य अमेरिकी नागरिक बसमा यात्रारत रहेको अवस्थामा पक्राउ परेका छन्। त्यसमा नौजना बालबालिका रहेका थिए।
विगत दुई साताभित्र मेक्सिको सरकारले अमेरिका भित्रिन खोज्ने अवैध आप्रवासीमाथिको कारबाहीलाई तीव्र बनाएको छ। कुनै पनि किसिमका वैध कागजातविना मेक्सिको प्रवेश गर्ने आप्रवासीको संख्या विगत एक दशकमै सबैभन्दा बढी पाइएको अधिकारीले बताएका छन्। मेक्सिको सरकारले आप्रवासीको खुलेआम प्रवेशलाई नियन्त्रण गर्न हजारौं सैनिक र प्रहरी परिचालन गरेको छ।
मेक्सिको र अमेरिकाबीच गत जुन ७ मा भएको सम्झौताबमोजिम मेक्सिको सरकारले देशव्यापी अभियान संचालन गरेको हो।
आप्रबासीहरु प्रती अमेरिकाले लिएको कडा नितीहरुको अन्तर्आष्ट्रीय रुपमा भने आलोचना हुँदै आएको छ ।










