काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ढालिदिने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले निरनतर लोकतन्त्रमाथि प्रहार गरिरहेकाले सरकार ढाल्ने चेतावनी दिएको बताएका हुन् । सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने दावी गरे । उनले भने, ‘लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’
ज्ञातव्य छ बिहिबार मात्रै सभापति देउवा र नेकपा अध्यक्ष प्रचण्डबीच भेटघाट भएको थियो । प्रचण्डसँगको भेट लगत्तै देउवाको यस्तो भनाइ सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सभापति देउवाले शुक्रबार पार्टीनिकट स्थानीय तहका कर्मचारीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीनिकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेकोमा आक्रोश समेत पोखे । उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने उनको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गरे।
नेता पौडेलाले यो सरकार र नेकपा आफै सम्हालिन गाह्रो भ इ सकोको उल्लेख गर्दै यस्तो सरकारले देश सम्हाल्न नसक्ने मा जोड दिए ।
उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराए ।