काठ्माण्डौ-
जापानको ओसाकामा भएको जी–२० सम्मेलनमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प र समकक्षी सी चिनफिङबीचको साइडलाइन वार्तापछि नौ महिनादेखि जारी अमेरिका र चीनबीचको व्यापार युद्ध तत्कालका लागि थामिएको छ।
यस सगै अमेरिकाले चीनको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनी हुवावेलाई लगाएको प्रतिबन्ध हटाउने भएको छ।बार्ता पछी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गर्दै हुवावेका सामान अमेरिकी कम्पनीले बिक्री गर्न सक्ने पनि प्रष्ट पारेका छन्।बार्ता पछी पत्रकार सम्मेलनमा ट्रम्पले भविष्यमा बेइजिङसँग कुराकानी जारी राख्ने पनि बताएका थिए ।
अमेरिकाले थप तीन सय अर्ब डलरका चिनियाँ सामानमा थप कर नलगाउने भएको छ भने चीनले अमेरिकासँगको व्यापार असन्तुलनलाई कम गर्न धेरै अमेरिकी सामान किन्ने सहमतिमा चिन र अमेरिका पुगेका छन ।
यसअघि दुई देशले एकअर्काका सामानमा लगाएको कर भने कायम छ।
पछिल्लो समय सुरक्षाको कारण देखाउँदै अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएपछि अमेरिका–चीन व्यापार युद्ध थप जटिल बनेको थियो। हुवावेले आफ्नो गोप्य सूचना चोरेको आरोप अमेरिकालेलगाएको थियो।
चिनियाँ सामान अमेरिकामा बेचेर उनीहरूले अमेरिकी सुरक्षासँग जोडिएको विशेष सूचना दिन बाध्य बनाएको उनले बताउँदै आएका थिए। राष्ट्रपति ट्रम्पले चीनमाथि वैद्धिक सम्पत्ति चोरी गर्ने प्रयास गरेको आरोप लगाएका थिए।