मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकसेवा आयोगको विज्ञापनसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै



काठमाडौँ,

लोकसेवा आयोगले खुलाएको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा आइतबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस हुँदाहुँदै नसकिएपछि आज सुनुवाइ हुने भएको हो । लोकसेवा आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरेको थियो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरिएका हुन् ।

लोकसेवा आयोगले स्थानीय तहका लागी विज्ञापन खुलाएपछिदेखी नै उक्त बिज्ञापन लाई लिएर राजनितिक तहमा समेत बिबाद बढेको थियो ।

 

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : १० बजे