काठमाडौं– काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । शुक्रबार उपमेयर खड्गीलाई हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिर्एको छ । १६ नं वडका वडाध्यक्ष मुकुन्द रिजालका अनुसार अहिले उनको उपचार भैरहेको छ । उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको खड्गीका सहयोगीहरुले जनाएका छन् । उनलाई आज मध्याह्न हृदयघात भए लगत्तै अस्पताल पुर्याइएको थियो ।
२० असार २०७६, शुक्रबार
0
Shares