प्रधानमन्त्री ओलिले दिल्ली भक्ती गर्न छोडेनन : कांग्रेस केन्द्रिय सदस्य गुरुङ



नेपालि

कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकार र सरकारका प्रधानमन्त्री ओलिले दिल्ली भक्ती गर्न नछोडेको आरोप लगाएका छन ।रिपोर्टर्स क्लबले शनिबार काठ्माण्डौमा गरेको एक अन्तर्क्रीयामा बोल्दै नेता गुरुङ्ले सरकार र सरकारका प्रधानमन्त्री ओलिले बिहान देश भक्ती गरे जस्तो गर्ने र बेलुकी दिल्ली भक्ती गर्ने गरेको टिप्पणी गरेका हुन ।

भारतबाट आयात हुने तरकारी र फलफुलमा हुने बिषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछी हटेकोमा आपत्ती प्रकट गर्दै नेता गुरुङले छिमेकि देशहरुलाई खुशी पार्न सरकारले रातारात निर्णय फेरेको आरोप लगाए ।

सरकारले राष्ट्रघाती निर्णय गरी रहेको र सरकारका कारणले देशको अस्मिता र सार्बभौमसत्तामाथी नै प्रष्न खडा गरेकोले अब सरकारका बिरुद्द आन्दोलन गर्नुको बिकल्प नभएकोमा नेता गुरुङले जोड दिए । उनले यो सरकारबाट शान्ती, सुसाशन, बिकाश र सम्बृद्दी हासिल हुन नसक्ने उल्लेख गर्दै सरकार आफै भ्रष्टाचारको साक्षी बसिरहेकोले अब सरकार बिरुद्द आन्दोलनको मैदानमा सबैले एक्जुट हुनुपर्ने बताए ।

उनले बर्तमान सरकारका प्रधाअनमन्त्री केपी ओलिले दुइ तिहाइको भारी बोक्न नसक्ने ठोकुवा गर्दै दुइ तिहाइको भारी बोक्न नसकेर ओलि सरकार धर्मराउन थालेको बताए

प्रकाशित मिति : असार २१, २०७६ शनिबार  ११ : १९ बजे