मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिषादी नजाच्ने सरकारी आदेश बिरुद्द नेविसंघको राँके जुलुस, बिधार्थी नेताहरु पक्राउ



काठ्माण्डौ-

भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीमा राँकेजुलुस प्रदर्शन गरेको छ ।

नेविसंघले विषादी परीक्षणको निर्णय बदरको माग गर्दै सोमबार साँझ सिंहदरबारको पूर्वी गेटबाट निकालेको राँकेजुलुस घट्टेकुलोमा पुगी कोणसभा गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी नौ जना बिधार्थी नेताहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहारुमा नेविसंघका निबर्तमान उपाध्यक्ष सागर परियार ,निबर्तमान केन्द्रिय सदस्यद्द्वय पुजन गन्दर्भ , लक्षमण पन्थी ,बिधार्थी नेताहरु पंकज छेत्री, तारा बहादुर थापा , बुद्द राज सुबेदि ,, केदार सुबेदी  ,राजेश्वर कमली र सञ्जिब ढकाल रहेको नेविसंघका नेता रबिन गौतमले जानकारी दिए ।

जुलुशमा सहभागीहरुले सरकार विरोधी चर्का नारावाजी समेत गरेका थिय ।सरकारले भारतबाट आयत गरिने तरकारी तथा फलफुलमा बिषादिको मात्रा परिक्षण गर्ने निर्णय फिर्ता लिए पछी सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ३ : ५९ बजे