बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक



काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मन्त्रीहरुलाई खानासहित मंगलबार बिहानका लागि बालुवाटारमा मन्त्रिपरिषदको बोलाएका हुन् ।

यतिवेला बैठकमा सहभागी हुन मन्त्रीहरु बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार बैठक केही बेर अघिबाट सुरु भएको छ ।
सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रिपति विद्यादेवि भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले मंगलबार बिहानै आकस्मिक बैठक बोलाएका हुन् ।

अहिलेसम्म बैठकको अजेन्डा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । यसअघि सोमबार दिउँसो ४ बजे पनि मन्त्रिपरिषद बैठक बसेको थियो ।

प्रकाशित मिति : असार २४, २०७६ मंगलबार  ३ : ०३ बजे