काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवमा भाग लिन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह(कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायत किर्तीपुरस्थित विश्वविद्यालय पुगेका थिए ।
उक्त अवसरमा प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे । मंगलबारदेखिको लगतार बर्षाका कारण उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्य थियो । त्यही हिलोमाथि रातो कार्पेट ओच्छ्याइएको थियो । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगेका हुन् ।

कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने माथिको रातो कार्पेटमा हिड्दै प्रधानमन्त्री ओलि उद्घाटनस्थलसम्म पुगेका थिय ।










