काठमाडौं । नेपाली कांग्रेसले सरकार र विप्लव नेकपासँग आक्रोश पोखेको छ । शान्तिपूर्ण तवरबाट वार्ता र संवादमार्फत समस्याको समाधान गर्नुको साटो मुलुकलाई द्वन्द्वमा धकेल्न खोजेको भन्दै कांग्रेसले आक्रोश पोखेको हो । बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत आपत्ति जनाएका हुन् । उनले वार्ताबाट समस्याको समाधान गर्ने विकल्प त्यागेर मृत्युको समाचार बाँड्न दुवै पक्ष लागिपरेकोमा आपत्ति जनाएका हुन् ।
बुधबार बिहान प्रहरी र विप्लव समूहबीच गोली हानाहान हुँदा प्रहरी जनान सञ्जिव राई र विल्लव समूहका जिल्ला इन्चार्ज नरकुमार राईको मृत्यु भएको थियो ।
सो घटनापछि प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘कतिका सपना मारेर कस्तो देश बनाउने सपना लिनुभएको छ’
‘हामी जीवनको खबर खोज्दैछौँ, तपाईं र विप्लव मृत्युको समाचार बाँडिरहनु भएको छ । सन्जिव र निरकुमार दुवै राईभाई करोडपती आमाबाबुका छोरा थिएनन् । एक प्रहरी,अर्का विद्रोही युवा,आज यिसँगै यिनको परिवारको सपना मारिएको छ । कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुइसँग ? ’